सुँगुरको यसरी भव्य रूपमा गरियो अन्तिम बिदाइ

 0  21
सुँगुरको यसरी भव्य रूपमा गरियो अन्तिम बिदाइ

काठमाडौं, असार १५ । पशु अधिकारको क्षेत्रमा सक्रिय अभियन्ता स्नेहा श्रेष्ठले आफूले अत्यन्त माया गरेर पालेको ‘कार्लोट’ नामक सुँगुरको निधनपछि आइतबार भावुक हुँदै अन्तिम बिदाइ गरेकी छन्।

स्नेहाका अनुसार कार्लोट केवल एउटा सुँगुर नभई परिवारको सदस्य तथा आफ्नै सन्तानसरह थियो। उनले सामाजिक सञ्जालमार्फत कार्लोटलाई आफ्नी ‘छोरी’का रूपमा सम्बोधन गर्दै आफूलाई उसकी ‘आमा’ बताएकी छन्।

स्नेहाले सन् २०१९ मा एक फार्मबाट कार्लोटलाई उद्धार गरी आफ्नो संरक्षणमा ल्याएकी थिइन्। त्यस दिनलाई उनले जीवनकै सबैभन्दा खुसीका क्षणहरूमध्ये एक भएको उल्लेख गरेकी छन्।

तर आइतबार कार्लोटको निधन भएपछि आफू गहिरो शोकमा परेको र संसार नै अन्धकारमय बनेको अनुभूति भइरहेको उनले बताएकी छन्। कार्लोटसँग बिताएका वर्षहरूलाई सम्झँदै उनले पशुप्रतिको प्रेम, करुणा र जिम्मेवारीबारे सन्देशसमेत दिएकी छन्।

पशु अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय स्नेहाले विभिन्न जनावरहरूको उद्धार, संरक्षण तथा अधिकारका लागि अभियान सञ्चालन गर्दै आएकी छन्। कार्लोटको निधनले पशुप्रेमी समुदायलाई समेत भावुक बनाएको छ।

कार्लोटको अन्तिम बिदाइ कार्यक्रममा सहभागीहरूले फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। पशुप्रतिको गहिरो माया र सम्मान झल्किने गरी गरिएको उक्त अन्तिम बिदाइले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow