सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन ३ लाख १ हजार ९०० रुपैयाँमा

 0  7
सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन ३ लाख १ हजार ९०० रुपैयाँमा

२२ भदौ, काठमाडौं । नेपाली बजारमा साताको सुरुवातमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रति तोला ३ लाख १ हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य ३ लाख ४ हजार ३०० रुपैयाँ कायम थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार चाँदी प्रति तोला ४ हजार ६९० रुपैयाँ मा झरेको  छ। आइतबार चाँदीको मूल्य ४ हजार ७२५ रुपैयाँ रहेको थियो।

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow