अन्डाको मूल्य घट्यो
काठमाडौं, १६ मंसिर। नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटेको जाकारी दिएको छ ।
संघले आजदेखि लागू हुनेगरी तोकेको मूल्यअनुसार मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ४० र ठूलो अन्डाको मूल्य प्रतिक्रेट ४ सय ५५ रुपैयाँ भएको छ ।
संघले यसअघि गत कात्तिक २० मा मिडियम साइजको अन्डाको मूल्य बढाएर प्रतिक्रेट ४ सय ९० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ५ रुपैयाँ पुर्याएको थियो ।
What's Your Reaction?