उपनिर्वाचन अपडेट : अहिलेसम्म ४५ प्रतिशत मत खस्यो

 0  32
उपनिर्वाचन अपडेट : अहिलेसम्म ४५ प्रतिशत मत खस्यो

  काठमाडौं, १६ मंसिर। स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि जारी मतदानमा अहिले दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान  सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन हुँदै आएको र दिउँसो १ बजेसम्म ४५ प्रतिशत मत खसिसकेको छ ।

नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन भइरहेको छ । निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow