प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौं, १७ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गरेका हुन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेको हो । मंसिर १७ देखि २० गतेसम्मका लागि चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्यका साथै ३९ जनाको सरकारी टोली पनि बेइजिङ प्रस्थान गरेको छ।
चीनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग पनि उनले द्विपक्षीय वार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
What's Your Reaction?





