अन्तर्राष्ट्रिय बेलुन महोत्सव (फोटो फिचर)
९ पुस २०८१ गते ।
९ पुस २०८१
पर्यटकीय राजधानी पोखरामा मङ्गलबारबाट बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोसेढुङ्गाको रुपमा स्थापित गर्न नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गरेको हो ।
नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकको दाबी छ ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम शृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ ( गोरखापत्र )
What's Your Reaction?