अब ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाइने

 0  46
अब ट्राफिक प्रहरीले सवारीसाधनको चाबी थुत्न नपाइने

१० माघ १० काठमाडौँ । ट्राफिक प्रहरीले सवारी जाँचका क्रममा  जथाभावी सवारी साधन बाट चाबी थुत्ने र सवारीचालक लाई दुःख,  सास्ती दिने  कार्य गरेको पाइएपछि  पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासले यो कार्य कानुन विपरित भनी निर्देशनात्मक आदेश दिएको छ । 

 पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्य विरुद्ध यही कात्तिक २१ गते  रिट दायर भएको  थियो ।ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्य गैरकानुनी हो र तत्काल यसलाई रोक लगाउनुपर्छ भन्दै विवेक चौधरीले पाटन उच्च अदालतमा रिट दायर गरेका  थिए।

आदेशमा भनिएको छ -यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जानेछ ,यस्तो कार्य निश्चित कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेश गरिन्छ ।

 सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिँदा अनावश्यक राज्य हस्तक्षेप हुने र स्वतन्त्र पुर्वक जीवन  बाँच्ने, मानव अधिकारमा हानी पुर्‍याउने अवस्थाको सृजना गर्छ।   आदेशमा भनिएको छ -नेपालको  संविधानको धारा १६ ले दिएको अधिकारको विपरीत  सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने अवस्थाको सृजना गर्छ।

सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो  कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जानेछ भन्दै कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेशमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow