अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो
काठमाडौं, ८ असोज । नेपालगन्जबाट १३ जना यात्रु बोकेर गएको सीता एयरको जहाजको डोल्पाको जुफाल एयरपोर्टमा अवतरणका क्रममा एउटा पांग्रा खुस्किएको छ।
७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु सवार उक्त जहाज आज बिहान ८:२५ बजे डोल्पा एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
जहाजमा रहेका सबै यात्रु सकुशल रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
What's Your Reaction?





