आजदेखि जेनजी आन्दोलनमा खटिएका प्रहरीहरुको बयान लिइँदै

 0  13
आजदेखि जेनजी आन्दोलनमा खटिएका प्रहरीहरुको बयान लिइँदै

काठमाडौं, २० कात्तिक । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान लिन सुरु गरेको छ ।

आयोगले आज बिहीबारदेखि गत भदौ २३ र २४ गते फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । बयानका लागि आन्दोलनका बेला फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।

आयोगले बुधबार रास्वपा सभापति रवि लामिछानेसँग पनि बयान लिएको थियो । गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow