आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं, २४ असार । मंगलबार तोलामा १ हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य आज बुधबार पनि तोलामा ९ सय रुपैयाँ घटेर सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य हिजो तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको थियो।
सुनसँगै आज चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
What's Your Reaction?





