आशिका तामाङ पक्राउ
काठमाडौं, ०२ माघ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहारको आरोपमा पक्राउ गरेको छ। बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। गत पुस २६ गते कोषको जाहेरीपछि प्रहरीले पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
तामाङले पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्ने गरेकी छन्।
प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
What's Your Reaction?





