उपनिर्वाचन अपडेट : अहिलेसम्म ४५ प्रतिशत मत खस्यो
काठमाडौं, १६ मंसिर। स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि जारी मतदानमा अहिले दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन हुँदै आएको र दिउँसो १ बजेसम्म ४५ प्रतिशत मत खसिसकेको छ ।
नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन भइरहेको छ । निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
What's Your Reaction?





