एमालेको घोषणा पत्र : जेनजीलाई फ्रि डेटादेखि गरिब परिवारको ऋण मिनाहासम्म (बुँदासहित)
काठमाडौं, ७ फागुन । नेकपा एमालेल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
बिहीबार घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनपछि एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाट तत्काल निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रका मुख्य बुँदाहरू यस प्रकार छन् :
१. सबै युवाहरूलाई सञ्चारमा सहजताका लागि हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइने।
२. विद्यार्थीहरूका लागि २० लाख रुपैयाँसम्मको निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नशीपको व्यवस्था गरिने।
३. युवा तथा नयाँ उद्यमीहरूलाई अन्तर्राष्ट्रिय कारोबारका लागि १० हजार डलर बराबरको बैंक कार्ड उपलब्ध गराइने।
४. महिला उद्यमीहरूलाई २० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण र प्रत्येक सुत्केरीलाई २० हजार रुपैयाँ भत्ता दिइने।
५. गर्भवती महिलाहरूको निःशुल्क बीमा गरिने र किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने।
६. महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक २० हजार रुपैयाँ भत्ता र सामाजिक सुरक्षाको प्रत्याभूति गरिने।
७. श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ पुर्याइने र अनिवार्य सामाजिक सुरक्षामा आबद्ध गरिने।
८. वैदेशिक रोजगारीमा जाने श्रमिकको खातामा सरकारले ५ हजार रुपैयाँ जम्मा गरिदिने।
९. सबै शिक्षकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने र उनीहरूको मर्यादाक्रम स्पष्ट रूपमा तोकिने।
१०. बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सेवा सुविधामा वृद्धि गरिने।
११. विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिने।
१२. राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गरिने ।
What's Your Reaction?





