ओली पक्राउको विरोधमा आज पनि देशभर एमालेको प्रदर्शन (तस्विरसहित)
काठमाडौं, १५ चैत । प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेपछि एमालेले आज पनि देशभर प्रदर्शन गरेको छ।
ओली पक्राउको विरोधमा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन थालेको हो । प्रदर्शनकारीहरुले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रलगायत देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।
एमालेले सबै जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष ओली पक्राउको विरोध र उनलाई रिहा गर्न माग गर्दै ज्ञापनपत्र पनि बुझाएको छ।
What's Your Reaction?





