काठमाडौंमा आज रातिबाट मदिरा बिक्री वितरण गर्न नपाइने
फागुन १५, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरणमा रोक लगाएको छ।
प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजय गर्दै प्रशासनले आज राति १२ बजेदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री विरतणमा रोक लगाएको हो ।
प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै ‘काठमाडौँ जिल्लाभित्र मिति २०८२/११/१५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको’ जानकारी दिएको हो ।
प्रशासन कार्यालयले यो अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन नगर्न आग्रह समेत गरेको छ।
What's Your Reaction?





