कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
1.
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए समीक्षा गर्नुपर्ने भन्दै घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
कर्मचारीले उत्साहका साथ काम गर्नुपर्ने समय रहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए सोच्नुपर्ने बेला भएको बताएका छन् । प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराए ।
हामीले जनताका अपेक्षा बमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ, देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुप¥यो, हिम्मतिलो तरिकाले अगाडि बढौँ ।’
बैठकमा मन्त्रीहरुले आ आफ्नो मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरेका थिए।
What's Your Reaction?