कृष्णभिरको पहिरो पन्छाउन रुख काटिँदै

 0  5
कृष्णभिरको पहिरो पन्छाउन रुख काटिँदै

काठमाडौं, १८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउन दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोका दुवै छेउबाट १८ जना परिचालन गरी रुख काट्ने काम सुरु गरिएको हो।

रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ । 

सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow