गाउँलेले राति रुखमा बाँधेका सोरेन बिहान मृत भेटिए
काठमाडौं, २१ साउन । झापा गाउँपालिका-१ लसुनामा गाउँलेले आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन मृत भेटिएका छन् ।
मंगलबार राति करिब १०:३० बजेतिर अत्यधिक मदिरा पिएर आएको भन्दै गाउँलेले सोरेनलाई आँपको रुखमा बाँधेका थिए । प्रहरीका अनुसार राति छिमेकी महादेव टुडुको घर छेउ पुगेर सोरेन काम्न थालेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजेतिर उठेर हेर्दा मृत भेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्।
सोरेनको हत्या आरोपमा प्रहरीले अनुसन्धानका लागि उनका छोरासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडु रहेका र अन्य व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?





