चाँदीका गहनातर्फ बढ्दै उपभोक्ताको आकर्षण

 0  7
चाँदीका गहनातर्फ बढ्दै उपभोक्ताको आकर्षण

०९ असार ,काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर उच्च बिन्दुमा पुगेपछि उपभोक्ताहरू चाँदीका आधुनिक तथा हलुका गहनातर्फ आकर्षित हुन थालेका छन्।

व्यवसायीहरूका अनुसार सुनका गहनाको मूल्य आम उपभोक्ताको पहुँचभन्दा माथि जान थालेपछि चाँदीका आकर्षक, फेशनयुक्त र किफायती गहनाको माग उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी युवा पुस्तामाझ चाँदीका औँठी, बाला, सिक्री, झुम्का तथा डिजाइनर गहनाहरू लोकप्रिय बन्दै गएका छन्।

चाँदीका गहना सौन्दर्यका दृष्टिले आकर्षक हुनुका साथै तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध हुने भएकाले बजारमा यसको माग बढ्दै गएको व्यवसायीहरूको भनाइ छ। पछिल्लो समय विभिन्न नयाँ डिजाइन र आधुनिक प्रविधिबाट निर्मित चाँदीका गहनाले उपभोक्ताको ध्यान तान्न सफल भएका छन्।

सुनको मूल्यमा भएको वृद्धिले चाँदी उद्योग र व्यवसायलाई समेत सकारात्मक प्रभाव पारेको व्यवसायीहरू बताउँछन्। बजारमा चाँदीका गहनाको कारोबार वृद्धि भएसँगै यस क्षेत्रमा नयाँ अवसरहरू समेत सिर्जना हुन थालेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow