जेनजी आन्दोलनको मौकामा जेलबाट भागेका ७ कैदी पक्राउ

 0  15
जेनजी आन्दोलनको मौकामा जेलबाट भागेका ७ कैदी पक्राउ

काठमाडौं, ४ फागुन । जिल्ला प्रहरी परिसर, काठमाडौंले जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न कारागारबाट भागको ७ जना कैदीलाई पक्राउ गरेको छे।

डाँका चोरी, मानव बेचविखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका उनीहरुलाई प्रहरीले खोजतलासका क्रममा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका-२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका-३ का अनिस मगर, भारतीय नागरिक सरोसन साह, रसुवाको उत्तरगया गाउँपालिका-१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौंको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनालाई सम्बन्धित कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow