जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ८ पुग्यो (तस्विरसहित)
काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेका जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनमा प्रहरीको गोली लागेर नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा २ जना, ट्रमा सेन्टरमा ५ जना र सिनामंगलस्थित केएमसी अस्पतालमा थप १ जना गरी ८ जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।
रबरको गोली लागेर गम्भीर घाइते भएका उनीहरू सबैलाई थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो। यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
(रेनु कार्की)
What's Your Reaction?





