जेनजीले सोमबार माईतीघरमा प्रदर्शन गर्ने, गोकुल बास्कोटाले गरे समर्थन

 0  23
जेनजीले सोमबार माईतीघरमा  प्रदर्शन गर्ने, गोकुल बास्कोटाले गरे समर्थन

काठमाडौं, २२ भदौ । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएलगत्तै जेनजी अर्थात नयाँ पुस्ताले सोमबार माइतीघर मण्डला र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ ।

सामाजिक सञ्जाल बन्द भएसँगै जेनजीले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो । पछिल्लो समय फेसबुक, इन्स्ट्राग्राम लगायत सञ्ज‍ालमा प्रतिबन्ध लगाएसँगै जेनजी पुस्ताले टिकटकमा ‘नेपोबेबी’ अभियान सुरु गरेका छन्, जसमा नेता र उनका सन्तानलाई विभिन्न व्यक्तिहरूले एक्सपोज गरिरहेका छन्।

न कुनै राजनीतिक दल, न कुनै संगठनको झण्डा, स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लिएर सडकमा उत्रने भएको छ ।

यता जेनजीले घोषणा गरेको सोमबारको आन्दोलनलाई एमाले नेता गोकुल बास्कोटाले पनि समर्थन गर्ने भएका छन् । यसअघि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमलाई सरकार उत्तर कोरियाको बाटोमा जान लागेको भनेका बास्कोटाले जेनजीले गर्ने विरोधको समर्थन गर्न लागेका हुन्।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन्जी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउँदै छ। हाहुमा हैन क्षितिज पारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन। मौसम त दुई महिनामा हल्का रङ्ग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासोरु हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow