Road to UFC मा रवीन्द्र धन्त र किम्बर्ट अलिन्टोजनबीच आज प्रतिस्पर्धा हुँदै,लाइभ कसरी हेर्ने?
१४ जेठ, मकाउ। नेपाली फाइटर रवीन्द्र धन्त र फिलिपिन्सको Western Visayas का फाइटर Kimbert Alintozon बीच आज Road to UFC अन्तर्गत प्रतिस्पर्धा हुँदैछ।
मकाउमा हुने यो भिडन्त नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुने जनाइएको छ। नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा उत्रिन लागेका धन्तका लागि यो खेल आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
धन्तको प्रतिस्पर्धी किम्बर्ट अलिन्टोजन फिलिपिन्सका चुनौतीपूर्ण फाइटर मानिएका छन्। त्यसैले आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
नेपाली खेलप्रेमीहरूको ध्यान अहिले रवीन्द्र धन्तको प्रदर्शनमा केन्द्रित भएको छ। यो खेलले नेपाली MMA तथा फाइटिङ खेलमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
खेल हेर्न चाहने दर्शकहरूले UFC Fight Pass, Road to UFC को आधिकारिक प्रसारण प्लेटफर्म वा आयोजकले उपलब्ध गराउने आधिकारिक लाइभ स्ट्रिमिङ लिंकमार्फत खेल हेर्न सक्नेछन्।
What's Your Reaction?





