टेम्पो भिरबाट खसाल्ने वन कर्मचारी धरौटीमा रिहा, पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
कैलाली, १० असार । केहि दिन अगाडि कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा वन कर्मचारीले टेम्पो भिरबाट फालेको घटनाको विवाद क्षतिपूर्ति दिएपछि समाधान भएको छ।
भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति बापतको रकम दिएपछि कैलाली प्रहरीको हिरासतमा रहेका सव-डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा ७/७ हजार धरौटीमा थुनामुक्त भएका छन् ।
वनका कर्मचारीले उनलाई क्षतिपूर्ति बाफत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरूबीचको विवाद समेत टुंग्गिएको हो ।
What's Your Reaction?





