दशैँका लागि खसीबोका र च्यांग्रा लिन अनलाइन बुकिङ खुल्ला
काठमाडौं, १७ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नजिकिँदै गरेको दशैँका लागि खसीबोका र च्यांग्राको अग्रिम बुकिङ अनलाइनमार्फत खुल्ला गरेको छ ।
कम्पनीले आज मंगलबारदेखि आफूलाई आवश्यक पर्ने खसीबोका र च्यांग्रा अनलाइनमार्फत बुकिङ गरेर असोज १४ गतेसम्म लिन सक्ने जनाएको छ ।
यस वर्षको दशैँका लागि १५ सय खसीबोका र ५०० च्याग्रा ल्याउने तयारी गरेको खाद्यले खसीका लागि ४ हजार र च्यांग्राका लागि ५ हजार रुपैयाँ अग्रिम बुझाउनु पर्ने जनाएको छ ।
अग्रिम शूल्क ई-सेवा र खल्तीबाट भुक्तानी गर्नुपर्ने र यसरी बुझाएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ ।
What's Your Reaction?





