रिटर्नी फेडेरेसन गण्डकीको बिस्तारित बैठक सम्पन्न-कृष्णप्रसाद तिवारी

 0  36
रिटर्नी फेडेरेसन गण्डकीको बिस्तारित बैठक सम्पन्न-कृष्णप्रसाद तिवारी

रिटर्नी फेडेरेसन नेपाल गण्डकी प्रदेशको आयोजनामा यही भाद्र १६ गते  दोस्रो बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको   छ । गण्डकी प्रदेश कमिटी अध्यक्ष  दीपक पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा   प्रमुख अतिथि अध्यक्ष  बिनोद भट्टराई , विशिष्ट  अतिथि संस्थापक अध्यक्ष चन्द्र बहादुर रोकाह ,अतिथिहरू उपाध्यक्ष अर्चना बस्नेत ,सचिवालय सदस्य एवम् प्रदेश इन्चार्ज  प्रमिला बराल , सल्लाहकार बुद्धि सुवेदी ,केन्द्रिय सदस्यहरू विष्णु हरि भुगाई , विश्वज्योति सुवेदी, मन बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।

 बैठकमा केन्द्रिय सर्कुलर अनुसार साङ्गठनिक कार्य चुस्त दुरुस्त राख्न  ,  रिटर्निहरुले सञ्चालनमा ल्याएको नवयुग इन्भेष्टमेण्ट कम्पनीका सम्भावना चुनौतीको बारेमा बिसेस छलफल भएको थियो | कम्पनीको सेयर सदस्य बिस्तार र लगानीको क्षेत्रहरूको बारेमा पनि सुझाब सङ्कलन गरिएको थियो । कम्पनीको विभिन्न ९ वटा सेक्टरमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

नवयुग कम्पनीमा लगानी र सेयर सदस्य जुटाउन छिट्टै गण्डकी प्रदेश कमिटीको सचिवालय बैठक बसी  केन्द्रिय कमिटी सँग विशेष छलफल गरेर ठोस निर्णयमा पुग्ने गरि बैठक सम्पन्न भएको छ।

( कृष्णप्रसाद तिवारी - पोखरा )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow