किसानलाई अनुदान आएको २०० बोरा युरिया मल लुकाएका चौधरी पक्राउ

 0  30
किसानलाई अनुदान आएको २०० बोरा युरिया मल लुकाएका चौधरी पक्राउ

काठमाडौं, १८ भदौ । उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गरेको भन्दै चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते २०० बोरा युरिया मल  बरामद गरेको थियो। किसानलाई उपलब्ध गराउन ल्याइएको युरिया मल लुकाएर राखेको फेला पारेपछि जिल्ला प्रशासनले शिलबन्दी गरेर अनुसन्धान अघि बढाएको थियो ।

बरामद गरिएको उक्त मल सर्वदलीय छलफलपछि अहिले किसानलाई वितरण गरिएको छ । पक्राउ परेका चौधरीमाथि  उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow