सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, १९ भदौ । सरकारले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो। उक्त गएराति १२ बजे नै सकिएको छ। सूचीकरण नभएका सामाजिक सन्जालहरुमा आजबाट क्रमश बन्दको निर्णय लागू हुने सञ्चारमन्त्री गुरूङले जानकारी खिए ।
उनका अनुसार अब सूचीकरणमा आउने सामाजिक सञ्जाल दर्ता गरे मात्रै खुल्नेछ । अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन्।
What's Your Reaction?





