बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

 0  70
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

मुम्बई, ०३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि गए  राति  करिब २:३० बजे मुम्बई बान्द्रास्थित उनको घरमा छुरा प्रहार भएको छ। घटनामा उनी घाइते भई लिलावती अस्पतालमा उपचाररत छन्। 

प्रहरीका अनुसार, राति एक व्यक्तिले उनको घरमा प्रवेश गरी सहयोगी सँग झगडा गरिरहेको अवस्थामा सैफले हस्तक्षेप गर्ने क्रममा ती व्यक्तिले सैफमाथि छुरा प्रहार गरेका थिए। यसबाट सैफको हात, मेरुदण्ड, र घाँटीमा चोट लागेको छ। उनको सफल शल्यक्रिया गरिएको छ र हाल अवस्था स्थिर रहेको बताइएको छ। 

सैफकी श्रीमती कलाकार करिना कपुरले ती व्यक्तिले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको बताएकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow