दशैँ मनाउन काठमाडौं छोड्‌नेको लर्को, दुई दिनमा बाहिरिए एक लाख यात्रु

 0  9
दशैँ मनाउन काठमाडौं छोड्‌नेको लर्को, दुई दिनमा बाहिरिए एक लाख यात्रु

काठमाडौं, २७ असोज । दशैँ सुरु भएसँगै दुई दिनमा एक लाख बढी यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरु दशैँ मनाउन गाउँ फर्किन थालेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको तथ्यांकअनुसार असोज २५ र २६ गते गरेर थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख ९ हजार ६३६ यात्रु यात्रु बाहिरिएका हुन् ।

जसमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन् । आज असोज २७ गतेको तथ्यांक भने आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow