दुर्गा प्रसाईंलाई फागुन २२ गतेसम्म हिरासतमै राखिने

 0  11
दुर्गा प्रसाईंलाई फागुन २२ गतेसम्म हिरासतमै राखिने

काठमाडौं, १७ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएको भन्दै प्रहरीले आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन भएकाले अब प्रसाईंलाई फागुन २२ गतेसम्म प्रहरी हिरासतमा राखिने भएको छ । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

पछिल्लो पटक उनी फागुन ४ गते पक्राउ परेर सर्वोच्च अदालतको आदेशमा १३ गते रिहा भएका थिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow