नेपाल प्रहरीको ३२औँ आईजीपी बने चन्द्रकुबेर खापुङ
काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आइजीपी)मा एआइजी चन्द्रकुबेर खापुङ नियुक्त भएका छन् ।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १९ गते बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खापुङलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । यही भदौ १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गरिएका खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् ।
What's Your Reaction?





