नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 0  37
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा मिति २०८२ माघ २४ गते शनिबार काठमाडौँमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ रहनुभएको थियो भने कार्यक्रमको सभापति संघीय महासंघका महासचिव बिमल धमलाले गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन बागमती प्रदेश महासचिव बालकुमार दर्नाल ले गर्नुभएको थियो भने दोस्रो सत्रको सञ्चालन बागमती प्रदेश अध्यक्ष हेम राईले गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य बागमती प्रदेश उपाध्यक्ष हरि विश्वकर्मा ले राख्नुभएको थियो।

कार्यक्रमको समापनमा महासंघका कोषाध्यक्ष गणेश लकान्द्रीले सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा सुनचाँदी तथा आभूषण क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा निजी निकायका प्रतिनिधिहरू ले आ–आफ्नो विषयमा प्रस्तुतीकरण (प्रशिक्षण) दिएका थिए।
साथै, सम्बन्धित क्षेत्रका विज्ञहरूबाट सम्पत्ति शुद्धीकरण, व्यवसायिक पारदर्शिता, कानुनी प्रक्रिया, सुरक्षा तथा समसामयिक चुनौतीहरू सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षणपछि आयोजित अन्तरक्रिया सत्रमा व्यवसायीहरूले आफ्ना व्यावहारिक समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए, जसमा विज्ञहरूबाट स्पष्टिकरण तथा समाधानमुखी छलफल गरिएको थियो।

कार्यक्रममा महासंघका सचिव केशर सेञ्चुरी, सदस्यहरू किशोर सेञ्चुरी, सूर्य बराल, दाना हमाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसका साथै महासंघ आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले सुनचाँदी व्यवसाय क्षेत्रमा देखिएका विविध समस्या समाधानका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने, संगठनलाई थप सुदृढ बनाउँदै साझा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका थिए।
नीति निर्माण तहसँग समन्वय, व्यवसायिक हक–हितको संरक्षण तथा सुरक्षित व्यवसायिक वातावरण निर्माणका विषयमा पनि गहन छलफल गरिएको थियो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आगामी दिनमा यस्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow