प्रतिलिपि नागरिकता लिँदै विद्या भण्डारी
काठमाडौं, १८ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिने भएकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिलिपी नागरिकता लिन आज दिउँसो २ बजे कार्यालयमा बोलाएको छ।
जेनजी आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीको निवासमा समेत तोडफोड र आगजनी हुँदा उनको नागरिकता पनि जलेको थियो।
नागरिकताको प्रमाणपत्र नै जलेपछि पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपी नागरिकता पाँऊ भन्दै जिल्ला प्रशासनमा निवेदन दिएकी थिइन् । सोही अनुसार नै प्रशासन कार्यालयले भण्डारीलाई प्रतिलिपी नागरिकता दिन लागेको हो ।
What's Your Reaction?





