फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, एकैदिन बढ्यो १४ हजार चारसयले
काठमाडौं, २१ माघ । लगातार तीन दिन घटेको सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । आज बुधबार सुनको मूल्य तोलामा १४ हजार ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको सुन आज बुधबार १४ हजार ४०० रुपैयाँले वृद्धि भएर तीन लाख ४ हजार ७०० रुपैयाँ पुगेको हो ।
गएको शुक्रबार, आइतरबार र सोमबार सुनको मूल्य ५२ हजार ७ सय घटेर ओरालो लागेको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँ बढेर तोलाको ५ हजार ६ सय रुपैयाँ पुगेको छ।
What's Your Reaction?





