फेसबुकमा आयो समस्या

 0  13
फेसबुकमा आयो समस्या

काठमाडौं, ३ साउन । साइटमा समस्या आएका कारण आइतबार अपरान्ह फेसबुकको ब्राउजर भर्सन डाउन भएको छ ।

फेसबुकको वेब ब्राउजर खोज्दा खाता अस्थायीरूपमा उपलब्ध (एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल) नभएको सूचना आइरहेको छ। यद्यपि एपमा भने समस्या देखिएको छैन।

वेबसाइट डाउनबारे जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टरमा अधिकांश प्रयोगकर्ताहरूले आ-आफ्नो देशमा फेसबुकमा उही प्रकृतिको समस्या देखिएको भन्दै कमेन्ट गरिरहेका छन्।

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow