२५ अर्बको महत्वकांक्षी योजना 'नवयुग इन्भेष्टमेन्ट'

 0  149
२५ अर्बको महत्वकांक्षी योजना 'नवयुग इन्भेष्टमेन्ट'

जेपी सापकोटा

काठमाडौं, ७ साउन । नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष घनश्याम पाण्डेले कम्पनीेको स्वदेशमै उद्यमशिलता विकास गर्दै आफूलाई आवश्यक पर्ने उपभोग्य वस्तु आफैं उत्पादन गर्ने तथा उपभोक्ता समेत आफैंं बन्ने (कन्जुमर -ओनर) अवधारणा रहेको जानकारी दिएका छन् ।

प्रारम्भिक चरणमा करिब १ करोड पूँजीबाट सुरु गर्दै भाद्र मसान्तसम्ममा ५ करोड तथा यस आर्थिक वर्षको अन्त्यसम्ममा २५ करोड तथा ५ वर्षमा २५ अर्बको कम्पनी बनाउने योजना रहेको अध्यक्ष पाण्डेले बताए । उद्यमशिलता मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउने मूल लक्ष्यका साथ स्थापना भएको यस कम्पनीमा रिटर्नीलगायत एनआरएन तथा विदेशमा रहेका नेपालीहरुलाई समेत पूँजी, प्रविधि तथा श्रमशक्ति सहित कम्पनीमा जोडिन आग्रह गरिएको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नवयुगको महत्वकांक्षी योजनाको प्रशंसा गर्दै एनआरएनएले विगत २ वर्षमा नेपालभित्र र बाहिर रहेका नेपालीहरुबीच दूरी बढाएका ९ वटा कानुन मार्फत लगानीका क्षेत्रमा सरलीकरण भएको तथा यी विषयहरु नवयुगको लागि सुखद सन्देश रहेको तथा यो कम्पनी नेप्सेमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत सूचिकृत हुने गरी अगाडि बढाउन व्यवस्थापनले सोही अनुसारका प्रारम्भिक संरचनामा ध्यान दिनुपर्ने विषयमा जोड दिए । 

विदेशमा कमाएको सिप, ज्ञान र पूँजीलाई नेपालमा उपभोग गर्ने संयन्त्रको रुपमा कम्पनीको संरचना विकास गर्न तथा यसको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न एनआरएन तथा विदेशमा रहेका नेपालीहरुको साथ रहने विश्वास व्यक्त गरे ।
कम्पनीको नयाँ बानेश्वरस्थित कार्यालय प्रवेशको अवसरमा आयोजित कार्यक्रममा डा. सूर्य पाठक, एनआरएनका पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ, रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद भट्टराई लगायत रिटर्नी तथा एनआरएनहरुको उपस्थिति रहेको थियो। 

यस कम्पनीको मूल शक्ति रिटर्नीको अनुभव, डायस्पोरा सञ्जाल र स्थानीय पूँजीको संयोजन रहको छ । नवयुग डुअल ग्रोथ मोडेलमार्फत दीर्घकालीन राष्ट्रिय विकास र छोटो अवधिको आर्थिक प्रतिफलबीच सन्तुलन रहने तथा हस्तकला, सहकारी, र स्थानीय उत्पादकहरूसँगको साझेदारी, बलियो सुशासन र नवीन डिजिटल प्लेटफर्मको आधार सहित कम्पनीे दिगो आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय गौरवको भरपर्दो उत्प्रेरकको रूपमा स्थापित हुन सक्ने विचार समेत उक्त अवसरमा व्यक्त गरिएको थियो ।    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow