कुनै कुलङ्घारले दलालीमा भुलेर जग्गा दिएको आरोप ।
धरानका प्रमुख हर्क साम्पाङले धरान छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा नगरपालिका लाई फिर्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेखेका छन्।
साम्पाङले उक्त जग्गा ‘कुनै कुलङ्घारले दलालीमा भुलेर’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न भनेका छन् ।
धरान उपमहानगरपालिकाले नगर अस्पताल निर्माण गर्नेको लागि जग्गा अभाव भएपछि मेयर साम्पाङले प्रतिष्ठानको स्वामित्वमा रहेको उक्त जग्गा फिर्ताका लागि पहल थालेका हुन् ।
What's Your Reaction?





