बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि नुवाकोटमा खोप पठाइयो, रसुवामा बिहीबारदेखि अभियान
काठमाडौं, २३ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न थालेको छ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप, १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ।
रसुवामा यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको र बिहिबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
What's Your Reaction?





