बालेन शाहलाई पितृशोक
काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । मेयर शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारका क्रममा निधन भएको छ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि आइतबार बिहान उनलाई बेहोसी अवस्थामा नै परिवारका सदस्यले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गराएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
पिसाबमा संक्रमण भएर शरीरभर फैलिएर उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
What's Your Reaction?





