बालेन शाह सरकारमा कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

 0  15
बालेन शाह सरकारमा कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रधानमन्त्री शाहसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहका साथै नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै प्रधानमन्त्री शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

प्रधानमन्त्री बालेन्द्र शाह : रक्षा र उद्योग मन्त्रालय

स्वर्णिम वाग्ले : अर्थ मन्त्रालय

सुधन गुरुङ : गृह मन्त्रालय

शिशिर खनाल : परराष्ट्र मन्त्रालय

सुनिल लम्साल : भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय

विराजभक्त श्रेष्ठ : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

खड्कराज पौडेल (गणेश) : पर्यटन मन्त्रालय

सस्मित पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय

निशा मेहता : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विक्रम तिमिल्सिना : सञ्चार मन्त्रालय

प्रतिभा रावल : सामान्य प्रशासन मन्त्रालय

दीपक साह (महोत्तरी) : श्रम मन्त्रालय

सोविता गौतम : कानुन मन्त्रालय

सीता बादी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow