बिहीबारदेखि टाढाको यात्रा नगर्नु : यातायात व्यवसायी महासंघ

 0  7
बिहीबारदेखि टाढाको यात्रा नगर्नु : यातायात व्यवसायी महासंघ

काठमाडौं, ७ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।

यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै अत्यावश्यक काम नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको हो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान समेत गरेको छ ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ । सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow