ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु, शोकमा डुब्यो गाउँ

 0  19
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु, शोकमा डुब्यो गाउँ

काठमाडौं, २९ पुस । भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ ।

हिमाञ्चलस्थित सोलान जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको आगलागी घटनामा परेर सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो। राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ।

मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।

विस्फोटका कारण मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको आफन्तले बताएका छन्। घटनापछि भारतीय सुरक्षाकर्मीको टोलीले शव संकलनको काम गरिरहेको छ। 

रोजगारीका लागि भारत गएका एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ। वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार सिद्धकुमाख गाउँपालिका-२ ले मंगलबार शोक बिदा दिएको छ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow