देउवाको सचिवालयले भन्यो- 'सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन'
काठमाडौं, २८ पुस । आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा उपस्थित नहुने उनको सचिवालयले जानकारी दिएको छ ।
आज सभापति देउवा पनि भृकुटीमण्डपमा जाने भन्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गर्दै सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन्।
‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं’, देउवाको सचिवालयले भनेको छ ।
विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ । जसअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र कार्यक्रम सुरु गर्ने कार्यतालिका छ ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गरेका थिए । तर, पार्टी सभापति देउवालगायत संस्थापन पक्षका नेता भने उपस्थित भएका छैनन्।
What's Your Reaction?





