भारतमा रहेका नेपाली र भारतीय नागरिकलाई पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न आह्वान

#returneevoice

 0  15
भारतमा रहेका नेपाली र भारतीय नागरिकलाई पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न आह्वान

काठमाडौं, १८ कात्तिक । भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपाली र भारतीय नागरिकहरुलाई आर्थिक सहयोगका लागि आह्वान गरेको छ ।

दूतावासले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायत कार्यका लागि आर्थिक सहयोग गर्न आह्वान गरेको हो ।

दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रवासी संगठनहरूमार्फत सबै नेपालीलाई नेपाल सरकारले सुरु गरेको एकद्वार प्रणालीअन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग रकम पठाउनआग्रह गरिएको हो। 

कार्यक्रममा राजदूत डा. शंकर शर्माले अनियमितता रोक्न सरकारले एकद्वार प्रणालीमार्फत उक्त कोष सञ्चालन गरेको र अब भारतबाट पनि अनलाइन पेमेन्ट वा युपीआई प्रणालीमार्फत सोझै रकम पठाउन सकिने व्यवस्था गरिएको जानकारी दिए।

राजदूत शर्माले व्यक्तिगतरूपमा आर्थिक संकलन नगरी सहयोग रकम सोझै राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा पठाउन सबैलाई आग्रह गरे। उनले सो कोषबाट पुनर्निर्माणसँगै शहिद परिवार र घाइतेहरुलाई राहत वितरण पनि हुने जानकारी दिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow