महासंघद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग संकलन जारी, कोषाध्यक्ष लकान्द्रीले गरे रु. ५१ हजार ५११ आर्थिक सहयोग
१४ भदौ, काठमाडौं — नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढीपीडितहरूको सहयोगार्थ आर्थिक सहयोग संकलन कार्य जारी राखेको छ। महासंघले यस अभियानका लागि आफ्ना सम्पूर्ण प्रदेश समितिहरू, आबद्ध संघ–संस्था एवं व्यवसायीहरूलाई यस विपद्को घडीमा खुलेर सहयोग गर्न अपिल गरेको छ।
यसै क्रममा महासंघका कोषाध्यक्ष गणेश लकान्द्रीले महासंघद्वारा स्थापित आपतकालीन राहत कोषमा रु. ५१ हजार ५११ आर्थिक सहयोग गरेका छन्।
प्राप्त जानकारीअनुसार महासंघको राहत कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ।
यसै सन्दर्भमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, बागमती प्रदेशले सम्पूर्ण संघ–संस्था, सुनचाँदी व्यवसायी एवं व्यवसायीहरूलाई महासंघको राहत कोषमा रकम जम्मा गरी बाढीपीडितहरूको उद्धार, राहत तथा सहयोगमा योगदान पुर्याउन विनम्र अनुरोध गरेको छ।
What's Your Reaction?





