एकै दिन सुनमा १० हजार ५०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तो भयो

 0  5
एकै दिन सुनमा १० हजार ५०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तो भयो

०५ असार ,काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबार ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow