जावलाखेलस्थित चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि

 0  15
जावलाखेलस्थित चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि

ललितपुर, ५ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु देखिएपछि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले शुक्रबार सूचना प्रकाशित गरी जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘सदर चिडियाखाना परिसरत्रि रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow