महासंघ भित्रका स्वार्थी तत्त्वले बैकसँग मिली पुँजीपति वर्गले मात्रै फाइदा लिएको छ : संघर्ष समिति

 0  34
महासंघ भित्रका स्वार्थी तत्त्वले बैकसँग मिली पुँजीपति वर्गले मात्रै फाइदा लिएको छ : संघर्ष समिति

काठमाडौं, ६ जेठ । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले नेपाल राष्ट्र बैङ्कका निर्देशक रेवती रमण नेपालसँग भेटेर यस क्षेत्रका समस्याहरूको बारेमा ध्यानाकर्षण गराएको छ । आज मंगलबार सुनचाँदी व्यवसायी संघर्ष समितिका संयोजक विपिन रामुदामु सहितको टोलीले राष्ट्र बैङ्कका निर्देशक नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

राष्ट्र बैंकका निर्देशक नेपालले सङ्घर्ष समितिको मागप्रति आफू गम्भीर रहेको साथै आम कालिगढ गहना निर्माणकर्तालाई सिधा सहजै कच्चा पदार्थ सुन उपलब्ध गराउने विषयमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । कालिगढ एवं गहना निर्माणकर्ताको समस्याप्रति गम्भिर चासो व्यक्त गर्दै यसलाई चाँडै निर्देशिका मार्फत सम्बोधन गरिने बताए ।

 संघर्ष समितिको मागपत्रमा मुख्य रूपमा निम्न विषय समेटिएका छन् :
- पुराना गहना खरिदलाई शत प्रतिशत मान्यता दिनुपर्ने ।
- झिटी गुन्टा अन्र्तगत आ।व। २०८२र०८३ को बजेटमा भएको असमान नियम खारेज गरी महिला र पुरुषलाई समान रुपमा बराबर गर्नुपर्ने । 
- उपत्यकासहित देशभरका प्रमुख व्यापारिक केन्द्रमा तत्काल गोल्ड बैङ्कको स्थापना गरिनु पर्ने । 
- हाल भएको २०६८ को कार्यविधिलाई संशोधन गरि साना परिमाण वारको २५र५० ग्रामको समेत सुन आयात र उपलब्ध हुनु पर्ने । 
- उपत्यका बाहिर सुर्खेत र हेटौडामा तत्काल मुख्य पोईन्ट राखी वितरणलाई सहज बनाईनु पर्ने ।
- कार्यविधि अनुरूप उपत्यका बाहिर धनगढी, नेपालगन्ज, सिद्धार्थनगर, पोखरा, विरगन्ज, जनकपुर, होटौंडा, सुर्खैत, विराटनगर, भद्रपुरबाट सुन उपलब्ध हुनुपर्ने ।
- कालिगढ ,गहना निर्माणकर्तालाई कच्चा पदार्थ सिधा र सहजरूपमा उपलब्ध गराइनु पर्ने । 

समितिले सिफारिस शुल्क र कोटा प्रणालीमार्फत सिन्डिकेट खडा गरी महासंघ भित्रका स्वार्थ तत्त्वले बैकसँग मिली सिमित पुँजीपति वर्गले मात्रै फाइदा लिएको ठहर गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow