मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरियामाथि ३–० को शानदार जित
असार ०३, २०८३ | साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षा अभियान प्रभावशाली शैलीमा सुरु गरेको छ।
अमेरिकाको क्यान्सास सिटीस्थित रंगशालामा सम्पन्न खेलमा कप्तान लिओनल मेसीले जादुमयी ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई अल्जेरियामाथि ३–० को सहज जित दिलाए।
खेलको सुरुदेखि नै आक्रामक देखिएको अर्जेन्टिनाले बलमाथि नियन्त्रण कायम राख्दै अल्जेरियामाथि दबाब सिर्जना गरेको थियो। टोलीका कप्तान मेसीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै तीन गोल गरेका हुन्।
यस जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने अल्जेरिया पहिलो खेलमै पराजित बनेको छ।
विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिनाका लागि मेसीको उत्कृष्ट प्रदर्शनले समर्थकहरूमा थप उत्साह थपेको छ। अर्जेन्टिनाले अब आफ्नो दोस्रो खेलमा अस्ट्रियाको सामना गर्नेछ भने अल्जेरियाले जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
What's Your Reaction?





